Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तानातानमा महन्थ ठाकुर


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ। यसैक्रममा आइतबार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन्।

पौडेल ठाकुरलाई भेट्न आइतबार बिहान उनको निवास सानोठिमी पुगेका थिए। नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए। पौडेलले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनुपर्ने बताएका थिए। ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए।

पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए। ‘कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ। तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले पनि गर्न सक्छ भन्ने धारणा पौडैलजीको रह्यो’, झाले भने, ‘उहाँले अर्को व्यक्ति को हुन सक्छ भन्नेबारेमा भने खुलाउनु भएन।’

नेता झाका अनुसार भेटवार्तामा जसपासँग छलफल नै नगरी कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णयप्रति ठाकुरले आपत्ति प्रकट गरेका थिए। ‘कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरेरमात्र नेतृत्वको विषय टुंग्याउनुपर्नेमा पहिले नै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ’, झाले भने, ‘यो भनेको अर्घेल्याइँ गरेको जस्तो देखियो।’

पौडेलसँगको भेटमा ठाकुरले जसपाले उठाउँदै आएका मुद्दा जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने पार्टी नीति रहेको बताएका थिए। पछिल्लो समय ठाकुर प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफल र सम्पर्कमा छन्। ठाकुरसँग अहिले ओली, कांग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन्। तर ठाकुर भने ओलीसँग निकट देखिएका छन्। प्रधानमन्त्री ओलीले जसपाले उठाएका माग पूरा गर्ने आश्वासन दिएकाले ठाकुरले उनीसँग धेरै छलफल जारी राखेको नेता मनीष सुमनले बताए। ‘सरकारको नेतृत्व गरेको व्यक्तिले नै माग पूरा गर्ने आश्वासन दिनुभएको छ’, सुमनले भने, ‘त्यसैले प्रधानमन्त्रीसँग ठाकुरजीले छलफल जारी राख्नु भएको छ।’

प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गर्न एउटा कार्यदल समेत गठन गरेका छन्। कार्यदलमा दुवै पक्षका नेताहरूलाई राखिएको छ। जसपाले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्यदलका सदस्यहरूले बताएका छन। जसपाबाट कार्यदलमा रहेका सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण ठाकुरसँग निकट मानिन्छन्।

सरकारमा सहभागी भएमा या बाहिर बसेरै समर्थन गरेमा उसलाई महत्वपूर्ण मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएकोे जसपाका नेताहरू बताउँछन्। जसपाले समर्थन गरे उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्नसमेत प्रधानमन्त्री तयार भएको दाबी जसपाका एक नेताको छ। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्, जसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। सत्ता समीकरणका लागि दुवैतिरबाट प्रस्ताव आएपछि जसपाका शीर्षमात्र होइन, दोस्रो तहका नेताहरूसमेत दुई धारमा बाँडिएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव निकट नेताहरू माओवादी केन्द्र र नेपाली कांग्रेससँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन्। ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू भने ओलीसँग निकट देखिएका छन्। सत्ता समीकरणका विषयमा दलहरूबीच विभिन्न स्तरमा पटकपटक भएका वार्ता टुंगोमा पुग्न नसक्दा राजनीतिक अन्योलले निकास पाउन सकेको छैन।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh