-
विष्णुदेव सरदार
लक्ष्मीपुर । धनुषाको मिथिला नगरपालिका – ६ , ढल्केवरका हिजो चैत्र २१ गते नेपाल वैश्य युवा संघ केन्द्रीय समिति द्वारा प्रदेश न.२ स्तरीय वैश्य युवा भेला सम्पन्न भएको छ।
कार्यक्रममा आमन्त्रित सम्पूर्णलाई स्वागत मन्तव्य र दुई शब्द बोलेकोमा नेपाल वैश्य युवा संघलाई हार्दिक अभार साथै धन्यवाद प्रकट गरेको थियोे ।
नेपाल वैश्य युवा संघका केन्द्रीय समिति तथा केन्द्रीय अध्यक्ष दिलिप चन्द्र साह लगायत सम्पूर्ण आयोजक उपस्थिति देखिएको थियोे । प्रदेश न.१ बाट मोरङका कोषाध्यक्ष प्रेमनाथ गुप्ता , सहकोषाध्यक्ष भोला साह , सदस्य संजय सोनी उपस्थिति थियोे ।
यो सँगै नेपाल वैश्य युवा संघ प्रेस सल्लाहकार एवंम आभुषण न्युज प्रदेश न.१ का रेमेश ठाकुर , वैश्य ललन ठाकुर सोनार , वैश्य समुदायका समाजसेवी अगुवा रामदेव साह बिच भेला भएको थियोे ।
सहभागी सम्पूर्णले आपसमा बधाई सटासाट साथै धन्यवाद ज्ञापन समेत गरेको थियोे ।

















