काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।


















