काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार देखिन्न । तर जसपा एकढिक्का छैन ।
राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघटन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !