काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश चरम फाँसीवादी निरंकुशतातिर जान लागेको बताउनुभएको छ । शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले गरेको बलिदान उल्ट्याएर देशलाई फाँसीवादको बाटोमा जान लागेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ ।’
देशलाई चरम फाँसीवादतिर उन्मुख गरिएकाले प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौति रहेको पनि उहाँले बताउनुभएको छ । सरकारकै अगुवामा लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलब्धीहरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको पनि उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले वर्तमान ओली सरकारको कार्यशैलीतर्फ संकेत गर्दै पुस ५ मा गरेको संसद विघटनपछि संसद पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य भैनसकेको बताउनुभएको छ ।
प्राध्यापक माणिकलाल श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला आएको पनि अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !