एजेन्सी, । भारतको राजस्थानस्थित सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका छन् ।पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी श्रीमतीले गत बुधबार घरमै २० लाख भारु जलाएका हुन् । ‘एन्टी करप्सन ब्युरो’ को टोली छापा मार्ने उद्देश्यले आफ्नो घरमा आएपछि सो दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !