Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फास्ट ट्र्याकको ठेकेदार छनोटबारे नेपाली सेनालाई सांसदकोसार्वजनिक लेखा समितिको प्रश्न


काठमाडौं । सांसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्गको सुरुङ तथा पुल निर्माणको ठेक्का प्रक्रियाबारे नेपाली सेनासँग ९ वटा प्रश्न सोधेको छ । द्रुतमार्गको इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) ठेक्काको पूर्वयोग्यता निर्धारण गरेर ठेकेदार छनोट गर्ने प्रक्रियामा अनियमितता भएको आशंकामा अध्ययन थालेको समितिले सेनालाई खरिद प्रक्रियाका बारेमा प्रश्न सोधेको हो ।

सेनाले पुल र सुरुङको दुई वटा प्याकेजमा प्रतिस्पर्धा गरेका ४३ कम्पनीबाट दुई वटा कम्पनीलाई मात्रै पूर्वयोग्यता पुगेको भन्दै छनोट गरेको थियो । एउटा कम्पनी दुई वटै प्याकेजमा ‘प्रि क्वालिफाइड’ भएको छ । तर, यो छनोट प्रक्रिया र निर्णयमाथि अहिले लेखा समिति र विकास तथा प्रविधि समितिले अध्ययन गरिरहेका छन् । अध्ययनका क्रममा लेखा समितिले सेनासँग विभिन्न ९ वटा प्रश्नहरू सोधेको हो ।

  • १. ईपीसीको निर्देशिका नबन्दै प्रक्रिया किन थालियो ?

सार्वजनिक खरिद ऐनअनुसार ईपीसी प्रणालीको खरिदका लागि नयाँ निर्देशिका, कार्यविधि र मार्गदर्शन तयार गर्नुपर्छ । तर, अहिलेसम्म सार्वजनिक खरिद अनुगमनको कार्यालयले यस्तो कुनै कानुनी दस्तावेज बनाएको छैन । यस्तो अवस्थामा सेनाले कसरी विदेशी कम्पनी पनि सहभागी हुने गरी ईपीसी प्रणालीमा ‘प्रि क्वालिफिकेसन’ परीक्षण हुन सक्छ भन्दै समितिले प्रश्न उठाएको छ ।

  • २.प्रक्रिया थालेपछि खरिद अनुगमन कार्यालयसँग परामर्श किन ?

खरिद प्रक्रिया सुरु गरेर ‘प्रि–क्वालिफिकेसन’ सकेर मात्रै सेनाले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग परामर्श मागेको थियो । संसदीय समितिले खरिद प्रक्रिया सुरु गरेपछि कुनै पनि किसिमले अन्य पक्ष प्रवेश गर्न नपाउने अवस्थामा किन परामर्श मागिएको हो ? भनेर प्रश्न गरेको छ ।

  • ३ एउटै प्रकृतिका काममा किन फरक-फरक प्याकेज ?

सेनाले एउटै प्रकृतिको कामलाई खण्डीकरण गरेर दुई वटा प्याकेजमा ठेक्का लगाएकोबारे पनि समितिले जवाफ मागेको छ । ‘टनेल र पुलको प्याकेजलाई एकै प्याकेजमा पनि जोडिएको देखिन्छ, दुई प्याकेजमा उही प्रकृतिका काम छन् भने किन त्यसो गरिएको हो ? समितिको प्रश्न छ,‘ एउटा वा धेरै प्रकृतिको प्याकेज नगर्नुको आधार के छ ?’

  • ४. पहिलो प्याकेजमा पास दाेस्रोमा फेल किन ?

संसदीय समितिले प्याकेज–१ र प्याकेज दुईको कामको प्रकृति र आवश्यक दक्षता एकै किसिमको भएको ठहर गरेको छ । प्याकेज एक भन्दा प्याकेज–२ को काम परिमाणमा कम हुँदा हुँदै पहिलोमा प्रि–क्वालिफिकेसनमा उत्तीर्ण कम्पनी दोस्रो प्याकेजमा किन उत्तीर्ण हुन सकेन भन्ने समितिको प्रश्न छ । ‘पहिलोमा पास हुने तर, दोस्रोमा फेल हुने उक्त कम्पनीले पेश गरेको डकुमेन्ट शंकास्पद हुनसक्ने देखिन्छ, अन्यथा प्रि–क्वालिफिकेसन परीक्षणको आधार नै त्रुटिपूर्ण देखिन्न र ?’ समितिले सेनालाई सोधेको छ ।

  • ५. क्षमता परीक्षण गर्न ‘क्राइटेरिया’ किन कठिन बनाएको ?

पहिलो प्याकेजमा २१ र दोस्रोमा २१ कम्पनीले प्रतिस्पर्धा गरेका थिए । एकै प्रकृतिका निर्माणको काम गर्न क्षमता परीक्षण गर्न ‘क्राइटेरिया’ किन कठिन स्तरको बनाइएको हो भनेर पनि सेनालाई सोधिएको छ । यसले गर्दा प्याकेज–१ मा दुई वटा र २ मा एक वटा मात्रै कम्पनी मात्रै छनोट भएर प्रतिस्पर्धा नै नहुने अवस्था आएको समितिको ठहर छ ।

  • ६. क्षमता परीक्षणको आवेदनलाई नै बोलपत्रसरह मान्ने ?

समितिले बोलपत्र तथा प्रस्ताव आह्वान प्रक्रिया पारदर्शी, मितब्ययी र प्रतिस्पर्धी हुनुपर्नेमा क्षमता परीक्षणको लागि कम्पनीले दिएको आवेदनलाई नै बोलपत्रसरह मानेर सीमित कम्पनी मात्रै छनोट गरिएको भन्दै अर्को प्रश्न पनि उठाएको छ । ‘बोलपत्रमा प्रतिस्पर्धा निषेध गरेको देखिँदा प्रक्रिया रद्द गर्नुपर्ने हैन ? कम्तीमा तीन वटा कम्पनी छनोट हुनुपर्नेमा पुनः सूचना प्रकाशन गरी आवेदन माग गर्नुपर्नेमा नतिजा स्वीकार गरियो ?’ समितिका प्रश्न छन् ।

  • ७. एउटा मात्रै छान्दा खरिद ऐन मिचिएन ?

सार्वजनिक खरिद ऐनमा ‘..परीक्षणमा छनोट भएका पूर्वयोग्यताको आवेदक खरिद प्रक्रियाका लागि बोलपत्र पेश गर्न योग्य भएको मानिने छ,’ भन्ने उल्लेख छ । खरिद ऐनले नै ‘छनोट भएका’ भनेर एक भन्दा धेरै वटा कम्पनी छनोट हुने व्यवस्था गरेको अवस्थामा एउटा मात्रै कम्पनी कसरी छनोट गर्न मिल्छ भनेर समितिले अर्को सवाल पनि उठाएको छ ।

  • ८. अन्यत्रको ठेक्काको प्रगति किन हेरिएन ?

समितिले कम्पनी छनोट गर्दा सम्बन्धित कम्पनीले देशभित्र अन्य आयोजनामा काम गरिरहेको भए त्यसको विवरण लिएर निर्णय लिनुपर्ने व्यवस्था गरेकामा त्यसो नगरिएकोबारे पनि प्रश्न उठाएको छ । बुटवल–नारायणगढ सडक खण्डको ठेक्का लगाउँदा यस्तै त्रुटि गरेकाले प्रगति सुस्त भएको कुरालाई सेनाले नजरअन्दाज गर्न मिल्छ ? भन्दै अर्को प्रश्न पनि गरिएको छ । पहिलो प्याकेजमा बुटवल–नारायणगढ सडक खण्डमा काम गरिहरेको चिनियाँ कम्पाी छनोट भएको छ ।

  • ९. प्रतिस्पर्धा नहुने भएपछि प्रक्रिया रद्द किन नगरेको ?

प्रि–क्वालिफिकेसनको नतिजाले सार्वजनिक खरिद ऐन र नियमावलीको भावना विपरीत प्रतिस्पर्धा नै नहुने र प्रतिस्पर्धाबाट राज्यलाई हुनुपर्ने लाभ पनि प्राप्त हुने अवस्थामा आएको भन्दै समितिले प्रक्रिया रद्द नगरी किन बोलपत्र आह्वान गरिएको हो ? भनेर पनि लेखा समितिले प्रश्न उठाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

4 months पहिले
प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी
जनप्रभाबन्युज विशेष

प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी

5 months पहिले
मातहतका कर्मचारीको पक्षमा डीआईजी चन्दको ‘दृढ अडान’ : कारबाहीमा परेकालाई दिए पुरस्कार
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

मातहतका कर्मचारीको पक्षमा डीआईजी चन्दको ‘दृढ अडान’ : कारबाहीमा परेकालाई दिए पुरस्कार

1 year पहिले
१६ एसएसपीको काज सरूवा
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

१६ एसएसपीको काज सरूवा

1 year पहिले
इन्टरपोलबाट प्रहरीलाई सफलता, कुन देशबाट कति पक्राउ ?
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

इन्टरपोलबाट प्रहरीलाई सफलता, कुन देशबाट कति पक्राउ ?

1 year पहिले
एसपीबाट एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसपीबाट एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान

1 year पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh