काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नु भएको छ ।
पार्टीका हित विपरीतको गतिविधिमा संलग्न रहेको भन्दै दुवै नेतालाई पत्र पठाउँदै निलम्बन गरिएको जानकारी दिइएको छ । यसअघि बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ओलीले ६ महिनाका लागि निलम्बन गर्नु भएको थियो ।
गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाल, रावल, भुषाल र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।केन्द्रीय कमिटीमा पार्टीले गरेको निर्णय अनुसार चारै नेतालाई महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण सोध्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !