काठमाडौं । अष्ट्रेलिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका ८, बस्ने २३ बर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
आफू विगत लामो समयदेखि विदेश बसेको र अष्ट्रेलिया, युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरीएकाे हाे ।
प्रतिब्यक्ति ६ लाख लाग्छ भनी जम्मा रु ९,००,०००/- ( अक्षरुपी रु. नौ लाख ) लिई ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भुजेललाई काठमाण्डौं का.म.न.पा. वडा नं.-१६, माछापोखरीबाट पक्राउ गरेको छ।
काठमाडौं गोकर्णेश्वर न. पा. -८, बस्ने एरिक न्यौपाने र निर्देश खड्काले दिएकाे उजुरीकाे आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दएिको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !