Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१’ हुँदै, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार


दोहा – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागेको हो ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअलमार्फत् सहभागी हुनसक्ने छन् ।
‘सार्क मुलुक बाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइने छ,’ रेग्मीले भने, ‘विश्वभरका ६ वटा क्षेत्रीय समितिको सहभागिता रहनेछ, प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन्, ६ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समिति छ, प्रत्येक राष्ट्रबाट १ प्रतियोगी थपिने छन् ।’

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् । विवेक खतिवडाले उद्घोषण गर्ने छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार होस्ट कन्ट्रीको भूमिकामा रहेको छ।

मध्यपूर्व युवा संयोजक राज रेग्मी, अध्यक्ष कुमार पन्त र मध्यपूर्व संयोजक प्रवीण गुरुङ ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ मुख्य सहयोगीको भूमिकामा रहेका मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली संगीतकर्मीहरूले प्रवासमा रहँदा पनि आफ्नो क्षमतालाई प्रष्फुटन गर्ने अवसर सिर्जना गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताए ।

‘नेपाल आइडल, भ्वोइस अफ नेपाल, बुकी–वुकी जस्ता फ्रेन्चाइज रियालिटी शोको ग्रान्ड फिनालेलाई कतारमा सम्पन्न गर्नका लागि मैले व्यवस्थापन हेर्ने जिम्मा पाएको थिएँ, यही अनुभवका कारण मध्यपूर्व यूवा विभागले गर्न लागेको कार्यक्रमलाई सहजीकरण गर्न सजिलो भएको हो,’ गुरुङले भने ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेशन – २०२१’ यो पहिलो सिजन रहने छ । हरेक कार्यकाल अर्थात् प्रत्येक २ वर्षमा एक पटक यो कार्यक्रम हुने रेग्मीले जानकारी दिए । ‘हामीले यस प्रकारको कार्यक्रम सुरुआत गरेका छौं, यसलाई निरन्तरता दिन जसरी मेरा अग्रज मध्यपूर्व संयोजक प्रविण गुरुङले सहजीकरण गरिरहनु भएको छ, त्यसैगरी अब आउने युवा संयोजकलाई मैले सहजीकरण गर्ने छु,’ रेग्मीले भने ।

कोरोना कहरका कारण यस पटक भर्चुअलमार्फत् गर्नुपर्ने बाध्यता रहे पनि आगामी सिजनमा अन्तर्राष्ट्रियस्तरको स्टेज तयार पारेर अन्तर्राष्ट्रियस्तरकै रियालिटी शो गर्ने योजना रहेको रेग्मीले बताएका छन् ।
आइडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । आगामी अप्रिल १६ र १७ तारिखमा प्रतियोगिता सञ्चालन गरिने छ।

कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्यको भूमिका निर्वाह गरेका छन् ।
संयोजक रेग्मीले यो कार्यक्रमलाई सफल बनाउन साथ र हौसला दिने एनआरएनए अध्यक्ष कुमार पन्त, संघकी युवा तथा महिला विभाग प्रमुख, युवा संयोजक, महिला संयोजक लगायत पदाधिकारीहरू, सल्लाहकार तथा सम्पूर्ण एनआरएनए अभियन्ताहरूप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘हाम्रो साथमा मध्यपूर्व मात्र होइन, संसारभरका अभियन्ताहरूको भरपुर समर्थन र प्रोत्साहन छ, र आज यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न हामी लागिरहेका छौं, मलाई विश्वास छ, प्रत्येक प्रवासी नेपालीको हामीलाई साथ रहने छ,’ उनले भने ।

कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए आइसीसीका सल्लाहकार टिबी कार्की, सचिव आरके शर्मा, प्रवक्ता डिबी कार्की, युवा संयोजक हिमाल गुरुङ, महिला संयोजक भोमा लिम्बु, आइसीसी सदस्य यस्मीन सैयद बेगम, एनसीसी कतारका अध्यक्ष मोहमद मोक्तदा लगायतले एनआरएनए आइडलको आयोजनाबाट मध्यपूर्वमा एनआरएनको गरिमा बढ्ने बताए ।

कस्तो हुने छ प्रतियोगी छनौट प्रक्रिया ?

कार्यक्रममा ३ चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ । ‘डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषदलाई र रेकर्डका लागि आयोजक कमिटीलाई पनि सीसी गरी पठाउनु पर्नेछ ,’ संयोजक रेग्मीले भने ।

‘प्रत्येक राष्ट्रिय समन्वय समितिले उक्त भिडियो हेरेर क्षेत्रीय समितिलाई छनौटका लागि पठाउने छ ।’ प्रत्येक क्षेत्रीय समितिले छनौट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना [email protected], [email protected] मा मिति १० अप्रिल २०२१ सम्ममा पठाउनु पर्ने छ ।

रेग्मीका अनुसार आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनौैट गरी ओपनिङ राउन्डमा लैजाने छ ।

छनौट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउने रेग्मीले बताए । त्यसपछि ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनौट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश गराउने नियम तय भएको छ ।

‘ओपनिङ राउन्डको सारेगम राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउने छन्,’ रेग्मीले भने ।

फाइनल राउन्डलाई ३ चरणमा विभाजित गरिने छ । जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन् । ९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने रेग्मीले बताए । ‘प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ,’ रेग्मीले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh