काठमाडौं । सिक्टा सिँचाए आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दा खेपिरहेका कालिका कन्स्ट्रक्सनकाका प्रमुख तथा पूर्वमन्त्री विक्रम पाण्डेले पुनः साढे १६ अर्बको ठेक्का पाएका छन् । कालिका कन्स्ट्रक्सनकाका प्रमुख तथा पूर्वमन्त्री विक्रम पाण्डेले सवा दुई अर्बको भ्रष्टचार मुद्दा खेपिरहेका छन् ।
विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको सिक्टा सिँचाए आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाका लागि १६ अर्ब ६२ करोड रूपैयाँ नयाँ ठेक्का पाएका हुन्। तनहुँ जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण गर्नेलगायतका संरचना निर्माणका लागि भियतनाम–कालिका कन्स्ट्रक्सन कम्पनीका तर्फबाट पाण्डेले ज्वाइन्ट भेन्चरमा ठेक्का पाएका छन्
१६ अर्ब ६२ करोड रूपैयाँ (करबाहेक) मा तनहुँ हाइड्रोपावर लिमिटेड र सोङ्ग दा–कालिका जेभी कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको देखिएको छ।
आयोजनाका तर्फबाट तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र ठेक्का कम्पनीको तर्फबाट विक्रम पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।सम्झौता कार्यान्वयनमा आएको करिब ५ वर्षभित्र ठेकेदार कम्पनीले निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा भनिएको छ ।
सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका पूर्वमन्त्री पाण्डे राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका थिए । अख्तियार ले कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे सहित २१ जनाविरूद्र बाँके जिल्लाको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
अख्तियारले मुद्दा दायर गरेकाहरूमा हालका उक्त आयोजना प्रमुख र तीन जना पूर्व आयोजना प्रमुखहरू समेत छन्। अख्तियारले पाण्डेमाथि लगाएका मुख्य अभियोगमा आयोजनाको मूल नहर भत्किनुमा डिजाइनदेखि नै त्रुटी पाइएको , परीक्षणकै क्रममा नहर भत्कँदासमेत पुर्नपरीक्षण नगरिएको , नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण र त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदन बिनै गुणस्तर कायम राख्न आवश्यक व्यवस्थाहरू नगरी सम्झौता तयार पारिएको , थुप्रै वर्षदेखि सतहमै देखिएको घुलनशील र गुणस्तरहीन माटोको पक्षलाई नजरअन्दाज गरिएको , सम्झौता पत्रमा उल्लेख गरिएका थुप्रै परीक्षणहरू समेत नगरिएको . ५० घनमिटर पानी धान्ने भनिएको नहर त्यसको क्षमता देखाउन नसकी थुप्रैपटक भत्किएको छन्।

















