Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा साँठगाँठ

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तारकेश्वर यातायात प्रालि र नागार्जुन भैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यातायात व्यवसायी रामबहादुर लामा बिरुद्ध ७ करोड १२ लाख २१ हजार र उनकी श्रीमती कान्छी लामाविरुद्ध ६९ लाख पाँच हजार रुपैयाँ बिगो कायम गरी २०७७ चैत १२ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लामाका बिरुद्ध मिटरब्याज र ठगीका धेरै उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले लामालाई पक्राउ गरी मुद्दा चलाएर सम्पत्ति शुद्धिकरणमा पनि छानबिनका लागि पठाएको थियो । यातायात व्यवसायी रामबहादुर लामा दम्पतीले ठगी र मिटर ब्याजबाट अरब रुपैयाँ बराबरको सम्पत्ति जम्मा गरेका थिए । उनले मिटरब्याज र ठगीको रकम बैंकमा राखेका थिए ।

विभागले उनको बैंकखाता रोक्का नराखी उक्त रकम निकाल्न दिएको थियो । विभागका अनुसन्धान अधिकृतले लाभ लिएर बैंकखाता रोक्का नराखी रकम निकाल्न छुट दिएका थिए । लामाले ठगी र मिटरब्याजबाट अवैध सम्पत्ति आर्जन गरेको प्रारम्भिक छानबिनमा देखिएको थियो । लामालाई महानगरीय प्रहरी परिसर, काठमाडौंले गत वैशाखमा ठगी अभियोगमा पक्राउ गरेको थियो ।

ठगी मुद्दामा अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसलगत्तै प्रहरीले लामालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाएको थियो । उनले बस बेच्ने बताउँदै पेस्की लिने र पछि रकम फिर्ता नगरी गाडी पनि कब्जा गर्ने गरेका थिए । प्रहरीका अनुसार बिक्री गर्ने बताउँदै गाडी चलाउन दिने, आफैँले चर्को ब्याजदरमा ऋण दिने र ऋण चुक्ता भएन भनेर गाडी फिर्ता लिने गर्थे ।

सहकारीबाट समेत उनले सदस्यहरूलाई नै ठगी गरेको उजुरी परेको थियो । अनुसन्धान सुरु भइसकेपछि विभागले लामाको बैंकखाता रोक्का राख्नुपर्ने हो । तर बैंकखाता रोक्का नराखी लामालाई ठूलो हिस्सा रकम निकाल्न छुट दिइएको थियो । लामाबाट लाभ लिएर मुद्दा पनि कमजोर बनाएर दर्ता गरेका छन् । अनुसन्धान सुरु गरिसकेपछि लामालाई बीसौं करोड हाराहारी रकम बैंकबाट निकाल्न दिइएकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता सुशील आचार्यले भने–‘यो सबै गलत कुरा हो ।

बढी हल्ला आउँछ । छानबिन भएपछि बैंकबाट निकालेको छैन, निकालेको भए पनि रेकर्ड आइहाल्छ । रामबहादुर लामाले जति अपराध गरेको छ, त्यति बिगो माग गरी मुद्दा दायर गरिएको छ ।’ लामाको अनुसन्धान सकेर १ महिनाअघि नै मुद्दा बुझाउनुपर्ने थियो ।

Tags: सम्पत्ति सुधिकरण अनुसन्धान विभाग
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh