काठमाडौँ, । जनता समाजवादी पार्टी ( जसपा ) का अध्यक्ष महन्थ ठाकुरले मधेशको समस्या सिंगो देशको नै समस्या भएको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता समस्या मधेसको मात्रै नभई देशकै समस्या भएको बताउनु भएको हो । ‘नागरिकताको समस्या मधेसको मात्रै होइन । सिंगो देशको समस्या हो ।
अंगिकृत नागरिकहरुले अहिलेसम्म किन वंशजको नागरिकता पाइरहेको छैनन ?’ उहाँले भन्नुभयाे ।जसपा सरकारमा जाने विषयमा चर्चा भइरहेको विषयलाई स्पष्ट पार्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको बताउनुभयो।
तर, आफ्ना मागहरु पूरा नभएसम्म सरकारमा सहभागी नहुने उहाँको भनाई छ । आजमात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको थिए, उहाँले भन्नुभयो । र, आफूहरुले उठाएका माग पूरा गर्नको लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसको लागि प्रधानमन्त्री ओलीलाई उहाँले धन्यवाद समेत दिनुभयो ।
नेता ठाकुरले प्रधानमन्त्री ओलीसँग आफ्नो लगातार भेट भैरहेको भएपनि ठोस सहमति नभएको दाबी गर्नुभयो । ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने नभनिएको स्पष्ट पार्दै उहाँदे भन्नुभयो ‘‘विरोधचाहिँ गर्दिनँ,’’ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !