काठमाडौं । प्रदेश १ सहित देशका विभिन्न ठाउँमा आज मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना देखिएको छ जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
विभागले आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश २ को मौसम समेत बदली देखिएको छ ।
विभागले मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !