महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका सात जना बालिका तथा किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्ममा घर आइपुगेका छैनन ।
बेपत्ता हुनेहरूमा १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान, १० वर्षीया सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !