काठमाडौं ।रुस र नेपाली साहित्यका साँघु साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ ।भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले श्रेष्ठको निधन भएको पुष्टि गरेका छन् । श्रेष्ठ लामो समयदेखि मस्कोमा बसोबास गर्दै आइरहेका थिए ।
त्यहीँ उनको निधन भएको हो । श्रेष्ठ नेपाली वाङ्मयमा सर्वाधिक रूसी साहित्यलाई मूल भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने तथा नेपाली साहित्यलाई मूल नेपालीबाट रूसी भाषामा लैजाने शिखर प्रतिभा हुन् । यसबाहेक अनुसन्धानात्मक तथा सांस्कृतिक महत्त्वका लेखनमा पनि उनको उत्तिकै योगदान छ ।

















