काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । उहाँले ओलीलाई नक्कली हैसियत किन खोज्नु भएको हो ? भनेर प्रश्न गर्नुभएकाे छ ।
उहाँलकाे पत्रमा भनिएको छ, ‘’दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’ को अध्यक्षका रुपमा तपाईँको हैसियत, त्यस अर्थमा त्यस कमिटीले गरेको भनिएका निर्णयहरु सबै अवैधानिक छन्, नक्कली छन् । म नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिवको हैसियतले तपाईँलाई त्यसै महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेक अन्य हैसियतमा स्वीकार गर्दिन । यसर्थ त्यस्तो अन्य हैसियतमा तपाईँले लेख्नु भएको पत्रको स्पष्टिकरण दिनु आवश्यक छैन । बरु तपाईँ आफै पार्टीको वैधानिक अध्यक्षको हैसियत भएको व्यक्तिले नक्कली हैसियत किन खोज्नु भएको हो ? पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? जस्ता प्रश्नको उत्तर तपाईँले नै स्पष्ट पार्नु पर्ने देखिन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !