कैलाली । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अनुपम शमशेर जबराले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र प्रहरी हिरासतमा रहेका थुनुवाहरू संगै होली मनाएका छन् ।
हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइ शुभकामना दिदै एसपी जबराले पुरानो कटुता समाप्त गरेर , सबैले दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्नुपर्छ रिसिवी भुल्नुपर्छ भन्ने कुरा समेत व्यक्त गर्नुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !