काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ले बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको समर्थन फिर्ता लिने भएको छ । सोमबार प्रदेश पार्टी कार्यालय बबरमहल, काठमाडौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै तीन वर्षदेखिको सत्ता साझेदारी टुंगिने भएको हो ।
माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सशक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । तत्कालीन समयमा सत्तारुढ दल नेकपा (एमाले) सँगको एकतापूर्वको अवस्थामा प्रदेश संसदीय दलका पदाधिकारीलाई पुनः चयन गरिएको जम्मकट्टेलले बताउँनु भयो ।
माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठ चयन भएका छन् । जम्मकट्टेले तत्काल प्रदेशसभा बैठक बोलाउन समेत माग गरेको जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !