काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि एमाले सचिव योगेश भट्टराईले प्रतिवाद गर्नुभएको छ ।
ट्वीटमार्फत भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही उल्टिने र कारबाही कमजोर सत्ताको अस्त्र भएको बताउनुभएको छ । ‘कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो । परिणाम उल्टो हुने निश्चित छ । फर्कनु नै कल्याण हुने छ’ उहाँले लेख्नुभएको छ ।
अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्नुभएको थियो
फेसबुकबाट तपाईको प्रतिक्रिया !