काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्।
नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।
‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,‘ओली एमालेको अध्यक्ष नै होइनन्।’ ओली अहिले सिंगो पार्टीको नभइ गुटको अध्यक्ष भएको भन्दै नेपालले ओलीले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दाबी गरे। केन्द्रीय कमिटी नै विघटन गरेका व्यक्तिले कारबाहीको हल्ला फैलाउनुको कुनै अर्थ नहुने उनको भनाई छ।
गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने भएकाले कारबाही वा निलम्बनको कुनै अर्थ नहुने नेपालले लेखेका छन्। अध्यक्ष ओलीले नेता नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !