Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लुम्बिनीमा ८ महिनामा बजेट खर्च ३३ प्रतिशत मात्र

काठमाडौं । लुम्बिनी प्रदेशमा यो वर्ष पनि दोश्रो चौमासिकसम्मको बजेट खर्चको प्रगति सन्तोषजनक छैन। विकास बजेटको खर्चदर न्यून नै छ। लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकसम्मको पुँजीगत बजेटको खर्चदर जम्मा ३३.३५ प्रतिशत छ। चालु वर्षका लागि छुट्याइएको १८ अर्ब ७२ करोड विकास बजेट मध्ये फागुन मसान्तसम्म जम्मा ६ अर्ब २४ करोड खर्च भएको छ। ८ महिनामा जम्मा ६ अर्ब विकास बजेट खर्च भएकाले अवको ४ महिनामा १२ अर्ब खर्च होला भन्नेमा विकासे मन्त्रालयकै अधिकारीहरु आशंका व्यक्त गर्छन्।

लुम्बिनी प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाख छ । फागुन मसान्तसम्मको ८ महिनामा १३ अर्ब २५ करोड ५८ लाख खर्च भएको छ। चालु आर्थिक वर्षका ८ महिनामा प्रदेश सरकारले कुल बजेटको ३६.४६ प्रतिशत बजेट खर्च गरेको हो।

अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गएपनि बजेटको खर्चदर भने खासै बढ्न सकेको छैन। तर प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले गत वर्षको तुलनामा यसपाली बजेट खर्चदर सुधारिएको प्रतिक्रिया दिए। गत आर्थिक वर्षको सोही अवधिमा २८ प्रतिशत बजेट खर्च भएको थियो। अघिल्ला वर्षको तुलनामा केही प्रतिशत बढेपनि दोश्रो चौमासिकसम्मको यो खर्च दरलाई सन्तोष जनक मान्न नसकिने सरकारी अधिकारीहरु नै बताउँछन्।

१५ अर्ब १२ करोड बढी बिकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले ८ महिनामा ३७ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो मन्त्रालयले पुस मसान्तसम्म ५ अर्ब ७४ करोड बजेट खर्चेको छ। भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले यो वर्ष कोभिड १९ ले हरेक क्षेत्रलाई प्रभावित पारेको बताए। कोभिडका बावजुद पनि आयोजनाको भौतिक प्रगति उल्लेखनीय भएको दावी गर्दै उनले बित्तीय प्रगति कम देखिएको बताए। चालु वर्षमा ८० प्रतिशत बढी बजेट कार्यान्वयन गर्ने दावी मन्त्री चौधरीले गरे।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पुष मसान्तसम्मको बजेट खर्चदर जम्मा १५.३ प्रतिशत छ। मन्त्रालयले ८ महिनामा जम्मा ६० करोड खर्च गरेको छ। मन्त्रालयको कुल बजेट ३ अर्ब ९२ करोड हो। समाजिक विकास मन्त्रालयले ८ महिनामा १ अर्ब ९० करोड खर्च गरेको छ। उसको कुल बजेट ५ अर्ब ७५ करोड हो। मन्त्रालयको फागुन मसान्तसम्मको खर्चदर ३६.६ प्रतिशत छ। कोभिड-१९ कारण स्वास्थ्यका पूर्वाधार तथा जनशक्ति व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा परेकाले तुलनात्मक रुपमा यसपाली यो मन्त्रालयले बजेट बढी पाएको थियो। स्वास्थ्यको जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएपनि स्वास्थ्यका पूर्वाधार र सेवा विस्तारमा भने अझै पनि उल्लेखनीय काम हुन सकेको छैन।

पर्यटन, उद्योग वन वातावरण मन्त्रालयले २ अर्ब ९१ करोड बजेट मध्ये ८ महिनामा १ अर्ब १७ करोड खर्च गरेको छ। यो मन्त्रालयलको खर्चदर ४० प्रतिशत छ। सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री चौधरीले लक्ष्य अनुरुप चालु वर्षको अन्त्यसम्म बजेट कार्यान्वयन गर्ने दावी गरेका छन्।

तर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारका काम कार्बाहीलाई समेत असर गरीरहेको कतिपय मन्त्रालयका माथिल्लो तहकै अधिकारीहरुको गुनासो छ। पछिल्लो समय केन्द्रमा जस्तै प्रदेश सरकारको ध्यान सडक राजनीतिमा केन्द्रित हुँदा विकासको गति झन् सुस्त भएको उनीहरुको तर्क छ।

Tags: लुम्बिनी प्रदेश सरकार ## आर्थिक बर्ष ## खर्च
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh