सिरहा । आइतबार राति साढे ८ बजे सिराहाको गोलबजार नगरपालिका वडा नम्बर – ७ स्थित पुरानो चोहर्वास्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ ।
पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको ना ३ ख ४३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र-२- ०१ ००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका- ४ का मुकेश दास घाइते भएका थिए । घाइते दासको साथबाट २ राउन्ड गोली र घटनास्थलबाट कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।
पेस्तोल र गोली बरामद भएपछि निगरानीमा दुर्घटनाका घाइते दासको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सुदिप राज भण्डारीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !