काठमाडौ । एपीएफ टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट चैत्र १४ गते दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ । त्यसवेला सोको पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो ।
पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटि बस्ने कोटे लामा र सोही जिल्लाको नवबुद्ध नगरपालिका ११ घर भई जडिबुटि बस्ने अनन्त तामाङ्ग छन् । पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको कुरा खुल्न आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !