नवलपरासी । जिल्ला अदालत नवलपरासीले जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रौतहट जिल्लाको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ डेरा गरि बस्ने सिके राउत भन्ने डाक्टर चन्द्रकान्त राउतको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
राउत यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरि शान्तिपुर्ण राजनीतिमा आएका राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध कसुरमा मुद्दा तलाइएको छ । राउतविरुद्द यसअघि नै पक्राउ पुर्जीसहितको सुचना जारी भएपनि घरद्वारा पत्ता नलागेका कारण फेरी पक्राउ पूर्जी गरेको अदालतले सुचनामा उल्लेख गरेको छ । उक्त सुचनामा ३५ दिन भित्र हाजिर हुन आउन राउतलाई अदालतले आदेश दिएको छ ।
राउतसँगै रामकुमार तामाङको नाममा पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !