- विसुन देव सरदार
सिरहा । आज सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ मा सर्फ बनाउने तालिम कार्यक्रम सम्पन्न भएको खवर प्राप्त भएको छ।
कल्याणपुर नगरपालिका वडा नम्बर – ११ को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
तालिममा गरिव , दलित , महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
दलित विकास मञ्च सिरहाको सहयोग र सहकार्यमा उक्त तालिम रहेको थियोे ।
सीपमूलक तालिममा महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त तालिम गरिएको हो। तालिम उदेश्य रहित रहेको संस्थाका कार्यक्रम संयोजक रविन महराले जानकारी गराएका छन।
यो सँगै शान्ति पासवानले कार्यक्रमलाई सहजिकरण गरेकी थिईन ।


















