Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

७६ वर्षको उमेरमा रेडपाण्डाको सिकार, पाप काट्न पूजापाठ

  • राजेश भण्डारी

काठमाडौं । रेडपाण्डाको सिकार गर्ने र अवैध तरिकाले बेच्ने एउटा समूह पत्ता लगाउन प्रहरी सफल भएको छ । भक्तपुरको कौशलटारबाट ‘अप्रेसन’ सुरु गरेको चार दिनमा प्रहरीले उक्त सफलता हात पारेको हो । भक्तपुरको कौशलटारबाट चैत ६ मा सोलुखुम्बु घर भएका बाबुराम विक र दाङको तुल्सीपुरका पूर्ण डाँगी पक्राउ परे । उनीहरु प्रतिबन्धित वन्यजन्तु रेडपाण्डा लिएर हिँडेको सुराक प्रहरीले पाएको थियो ।

महानगरीय प्रहरी वृत्त जगातेबाट खटिएको टोलीले उनीहरुको साथबाट एउटा रेडपाण्डाको छाला बरामद ग¥यो । कौशलटारबाट पक्राउ परेका दुईजनाको बयानका आधारमा बौद्धबाट सोलुखुम्बुका २८ वर्षीय पवन विक पक्राउ परे ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापा भन्छिन्, ‘पवनलाई पक्राउ गरेपछि रेडपाण्डाको मुख्य कारोबारीसम्म पुग्न सफल भयौं ।’पवनले नै काठमाडौंको कपनमा बस्ने बाबुराम र पूर्णलाई सो छाला दिएका हुन् । उनीहरु महँगो मूल्य तिर्न तयार ग्राहकलाई भेट्न कौशलटार पुगेका थिए ।

  • ७६ वर्षे सिकारी

प्रहरीलाई पवनले आफूलाई रेडपाण्डा पठाउने मुख्य मान्छे सोलुखुम्बुमा रहेको जानकारीमात्र होइन,ती मुख्य मान्छेसँग अनुसन्धान अधिकृतकै सामु फोनमा कुरा गरे ।मुख्य मान्छे थिए,सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ घर भएका जगत बहादुर राई । उमेर ७६ पुगेका जगतले काठमाडौं आउँदा पवनलाई ९ वटा रेडपाण्डाको छालाको फोटो देखाएका थिए भने एक थान छाला छाडेर गए ।

पवनसँग प्रहरीले कुरा गराउँदा जगतले भने, ‘२० ओटा माल (पाण्डा) तयार छ,काठमाडौं आउँदिन,ग्राहकलाई सोलुखुम्बु नै लिएर आउनू ।’अनि,प्रहरीको अर्को टीम सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रेडपाण्डा सिकारीलाई खोज्ने अप्रेशनमा जुट्यो । ‘सोलुखुम्बुका डिएसपीसँग कुरा गरेर त्यहाँ अप्रेशन चलाउन भन्यौं,’ भक्तपुरकी एसपी थापा भन्छिन्, ‘त्यहाँ लुकाएर राखेको ७ वटा पाण्डाका छाला भेटियो ।’

प्रहरी निरीक्षक मन्दिप चौहान नेतृत्वको टोलीले महाकुलुङ गाउँपालिका–२ का जगत बहादुर राई,वडा नम्बर–३ का मित्रधन राई र कविरशेखर राईलाई पक्राउ ग-यो भने ७ वटा रेडपाण्डाको छाला बरामद भयो ।

जगत राई पाण्डाको सिकार गर्ने मुख्य मान्छे हुन् । जगतको योजना अनुसार मित्रधनले मकालु वरुण राष्ट्रिय निकुञ्जमा पासो थाप्ने गरेका थिए ।

‘उनीहरुले गोठ छेउमा राति पासो थाप्ने गरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटुवालले भने, ‘पासोमा परेपछि समातेर मार्ने गरेको थाहा भएको छ ।’

मित्रधन र कबिरशेखर उमेरले ५० कटेका छन् । पाण्डा मारेपछि नङ्ग्रा र दाँतसहितको छाला निकालेर उनीहरुले एउटा पाण्डाको छाला ५० देखि ६० हजार रुपैयाँमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

  • पाप काट्न पूजा

पाण्डा सिकार गर्नेहरु ‘पाप नलागोस्’ भनेर पूजा गर्थे । किराँत एवं बुद्ध धर्म मान्ने उनीहरु रातभर पाण्डाको सिकार गर्थे अनि पाप काट्न भन्दै दिउँसो पूजा गर्ने गरेको प्रहरीले जनाएको छ ।‘पाप नलागोस्,हाम्रो मिसन सफल होस् भनेर पूजा गर्दा रहेछन्,’ डिएसपी कटुवाल भन्छन्, ‘रेडपाण्डा सिकार गर्ने र ब्यापार गर्ने कामचाहिँ उनीहरु रातिमात्रै गर्ने रहेछन् ।’पाण्डाको छाला बेच्नुअघि समास्या नआओस् भनेर उनीहरुले बुद्धको प्रार्थना गर्ने गरेको प्रहरीलाई बताएका छन् ।

सोलुखुम्बुमा ५० देखि ६० हजार रुपैयाँमा बिक्री हुने रेडपाण्डाको छाला काठमाडौंमा ७ लाखसम्ममा उनीहरुले बेच्ने गरेको बताइएको छ । चैत ९ सम्ममा ८ थान छाला र ६ जनालाई पासोसहित पक्राउ गरेपछि प्रहरीको सो अप्रेशन सकिएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखि १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ बर्षसम्म कैद हुने व्यवस्था छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh