चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारत प्रहरी निरीक्षक सुवास भट्ट बागमती प्रदेश प्रहरी कार्यालयबाट “सर्वोत्कृष्ठ प्रहरी घोषित” भएका छन् । आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक भट्टलाइ “फाल्गुन महिनाको सर्वोत्कृष्ठ प्रहरी” घोषित गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका एघार जिल्लाहरु मध्यबाट प्रहरी निरीक्षक भट्ट “सर्वोत्कृष्ठ प्रहरी घोषित” भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) वसन्त कुमार लामाले जानकारी दिए ।प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेशभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्यक महिना “सर्वोकृष्ठ प्रहरी छनौट” गर्दै आइरहेको प्रदेश प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरास्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार प्रहरी निरीक्षक भट्टलाइ फागुन महिनामा निजले गरेको कामको उच्च मुल्यांकन गर्दै पुरास्कृत गरिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !