जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोहमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग सकारात्मक कुराकानी भएको खुलासा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै केही कार्यहरुलाई अगाडि समेत बढाएको बताए । प्रधानमन्त्रीसँग भएको पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।
उनले नेकपा एमालेभित्रको किचलोको कारण मुलुक अनिर्णयको बन्दी रहेको बताउँदै राजनीतिलाई विवादभन्दा पनि छलफल र संवादको साथ अगाडि बढ्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !