-
रोहित कुमार मण्डल
लहान । किसोर किसोरी विकासका लागि एकिकृत जिवन उपयोगि सिप सम्बन्धि पाँच दिने सहजकर्ता तालिम सिरहा लहान स्थित रहेको होटेल प्यासिफिकमा सम्मपन भएको छ ।
सबल नेपाल तथा सेभ द सप्तरीको संयुतm आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा समुन्नति कार्यक्रम अन्र्तगत भएको सो पाँच दिने तालिमको सहजिकरण सुलभ गिरीले गरेको आयोजक संस्था सबल नेपालका कार्यक्रम सुपरभाइजर असोक कुमार साहले जानकारी दिनुभयो । तालिमको समापन प्रमुख अथिति तथा आयोजक संस्था सबल नेपालका अध्यक्ष जुना गिरी गरेका थिए । तालिममा २४ जना सहजकर्ताहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम सुपरभाइजर साहले जानकारी दिए ।



















