Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीको बोली बन्द गर्ने माधव नेपालका सात जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) भित्र दन्किएको आगो झनै उग्र बन्ने देखिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समुहलाई सोधेको स्पष्टिकरणमा नेपाल समुहले दिएको जवाफले ओली समुह झनै त्रसित बन्ने देखिएको छ ।

माधव नेपाल समुहले दिएको स्पष्टिकरणमा अध्यक्ष ओलीलाई झनै अफ्त्य्हारो महसुस हुनेगरी प्रतिप्रश्न गरिएको छ । तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो आरोप लगाएकै शैलीमा नेता नेपालले ओलीलाई प्रश्न गरेका छन् ।

  • यस्ता छन् ओलीपक्षका प्रश्न र नेता नेपालका जवाफ

  1. प्रश्न : नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा अध्यक्ष केपी ओलीविरुद्ध १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न पुष्पकमल दाहालको मतियार भई पार्टी हितविपरीत कार्य गरेको र गराउनुपर्नाको कारण के हो ?

  2. जवाफ : पार्टी विधान र नीतिविपरीत तपाईं (ओली)ले गरेका अनधिकृत कार्यलाई रोक्न तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष प्रचण्डसमेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधिसभाको विघटनसम्मको अवधिमा तपाईंले प्रचण्डसँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ?

  3. प्रश्न : पार्टी अध्यक्ष ओलीलाई अध्यक्ष र साधारण सदस्यसमेतबाट के–कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नु–गराउनुभएको हो ?

  4. जवाफ : पार्टी नीति र स्थापित राजनीतिक मूल्य–मान्यताविपरीत मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, यसरी नियुक्ति गर्दा मलगायत पार्टीका नेतामाथि सार्वजनिक रूपमा गाली बेइज्जती गर्ने व्यक्तिहरूलाई प्रश्रय दिने, कर्णाली प्रदेशमा आफूअनुकूलका व्यक्तिहरूलाई प्रयोग गरी मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, अप्रत्याशित रूपमा प्रतिनिधिसभा विघटन गर्ने र पार्टीको विधान मिचेर अलग संगठन निर्माण गरेकाले तपाईंलाई पार्टी अध्यक्षबाट हटाई रिक्त स्थानमा मलाई पार्टी अध्यक्ष चयन गरेको तथ्य तपाईंलाई जानकारी छैन र ?

  5. प्रश्न : निर्वाचन आयोगमा पार्टी विधान र हितविपरीत पटक–पटक तपाईं र तपाईंसमेत भई विभिन्न प्रकारका निवेदनहरू के–कति कारणले दिनुभएको हो ?

  6. जवाफ : गत २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र आउनु भनी दिएको सूचनाबारे अध्यक्षको हैसियतले एमालेको केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनुभएन ?

  7. प्रश्न : पार्टी फुटाउने उद्देश्यले कथित निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानुभएको हो ? र, पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो ?

  8. जवाफ : विधिवत् बैठक बोलाउनुको साटो तपाईंले केन्द्रीय कमिटीका अन्य सदस्यहरूलाई कुनै जानकारी नदिई गोप्य रूपमा गत २८ फागुनमा प्रधानमन्त्रीको सरकारीनिवासमा आफ्ना गुटका मानिसको भेला बोलाई त्यसलाई कथित केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिँदै पार्टीको विधान र प्रक्रियाविपरीत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने, विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?

  9. प्रश्न : पार्टी अध्यक्ष र महासचिवको मौखिक तथा लिखित निर्देशन अवज्ञा गरी ४ र ५ चैतमा कथित राष्ट्रिय भेला र विभिन्न पार्टी कमिटी तथा भ्रातृ संगठनहरूको भेला गरी पार्टी फुटाउन नेतृत्व र अगुवाइ किन गर्नुभएको हो ?

  10. जवाफ : पार्टी विधान र पद्धतिलाई ध्वस्त गर्नेतर्फ तपाईं उद्यत् हुनुभएपछि एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिको रक्षाका लागि देशभरिका कार्यकर्ताले गरेको छलफल र चिन्ता पार्टीको रक्षा एवं हितका लागि अत्यावश्यक भएको तथ्य स्पष्टै छ । तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधानविपरीतको कार्य गर्नुका साथै पार्टीको एकतामाथि प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनुभएको छैन र ?

  11. प्रश्न : केपी ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध संसद्, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेर छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गर्ने, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षर गर्ने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?

  12. जवाफ : पार्टीप्रति नै जनताको विश्वास समाप्त हुने गरी तपाईंले प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएपछि मात्र त्यसलाई रोक्न सकिन्छ कि भनेर प्रतिनिधिसभाका सदस्यहरूले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव पेस गरेको यथार्थलाई बंग्याउने र त्यसमा प्रतिनिधिसभाका सदस्यहरूको हस्ताक्षरलाई ‘फर्जी’ भन्ने तपाईंको दुराग्रह मात्र हो भन्ने नबुझिने कुरा छ र ?

  13. प्रश्न : पार्टीलाई विभाजनको दिशामा लिन विभिन्न अनुचित क्रियाकलापहरू गरे–गराएको देखिएकोले ७ चैत ०७७ मा सम्पन्न एमाले केन्द्रीय कमिटीको बाह्रौँ बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उल्लंघन गरेको देखिएकोले तपाईंलाई कारबाही किन नगर्ने ?

  14. जवाफ : तपाईंले नै व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको सिकार भई पार्टी विधानविपरीत कार्य गर्दै पार्टीलाई कमजोर तुल्याएकाले नेपाली जनता र एमाले पंक्तिलाई धेरै विषयमा स्पष्टीकरण दिनुपर्ने प्रस्ट छ । तपाईंका गतिविधि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ । अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनै पनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य छ ।

Tags: प्रधानमन्त्री ओली ## पूर्वप्रधानमन्त्री माधव नेपाल
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh