काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३ मेगासिटीमा फेला परेको शवको सनाखत भएको छ । पुष्पराज गुरुङको निर्माणाधिन घरको रिजर्भ ट्याङ्कीमा भेटिएको शव प्यूठानका कृष्ण घर्तीमगरको भएको खुलेको हो ।
४५ बर्षिय कृष्णको शव सनाखत भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । कृष्ण करिब १ महिनादेखि हराएका थिए ।
मंगलबार ट्याङ्कीबाट गन्ध आएपछि हेर्दा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
घर्तीमगर सो घरमा मिस्त्रीको काम गर्थे । उनको परिवार काठमाडौं–२६ स्थित सरकारी धारामा बस्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !