सप्तरी । सशस्त्र प्रहरी बलकाे सप्तरी स्थित गणका एसपी राजु श्रेष्ठले परिचालन गरेका घुमुवा सिपाही अर्जुनकुमार यादवले व्यापारीहरूसंग खुलेयाम रकम असुली गरिरहेका छन् । पहिले पनि झण्डै ६ बर्ष साेही गणमा घुमुवा भएर कार्यरत रहेका सिपाही अर्जुनकुमार यादव धेरै बिबाद र बदनाम भए पनि मुख्यालय हलचाेकले नुवाकोट सरूवा गरेको थियो ।
लामो समय सप्तरीमा घुमुवा भएर धेरै रकम कमाउन सफल यादवले मुख्यालय हलचाेककाे कर्मचारी प्रशासनमा सेटिङ मिलाएर फेरि सप्तरी गणमा नै अाउन सफल भएका छन् । अहिले दाेस्राे पटक अाएर पनि एसपी श्रेष्ठले उनलाई घुमुवा नै राख्न सफल भएका छन् ।
