Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय सञ्चार माध्यमले थाले फेरि कुप्रचार,माता सीता भारतको विहारमा जन्मिएको रे


काठमाडौं । नेपाल र भारतको सम्बन्ध छिमेकी देशले मात्र जोडिदैन । बहुसंख्यक हिन्दूधर्म भएका यी दुबै मुलुक सांस्कृतिक र धार्मिकरुपले पनि जोडिएका छन् ।भगवान कृष्णका ग्वालाहरुको काठमाडौं उपत्यकामा शासन रहेको प्रसंगदेखि राम र सीताको जोडिले पनि नेपाल र भारतको सम्बन्धलाई जोडेको छ ।

केदारनाथ र पशुपतिनाथ मात्र होइन, धार्मिक र संस्कृतिले दुईदेशको फरक सम्बन्ध स्थापित गर्छ । यो सम्बन्धलाई विगार्न भारतीय सञ्चारमाध्यामहरु लालायित हुने गरेको तथ्य उनीहरुले सम्प्रेषण गर्ने केही विवादास्पद भनाइहरुले पुष्टि गर्छ ।

हिन्दू धर्ममा विष्णुको दशौं अवतार मानिएका सिद्धार्थ गौतमबुद्धको प्रसंग होस् वा योग साधनामा भारतले गर्ने दाबीहरुले पनि इतिहासलाई बंग्याइदिन खोज्छ । कहिले विवाद नभएको जानकी अर्थात सीताको जन्म भूमिबारे भारतीय सञ्चारमाध्याम पुनः भ्रम छर्न खोजेको छ । एउटा यस्तै प्रसंग भारतीय समाचार च्यानल ‘जी न्यूज’ले प्रसारण गरेर धार्मिक मान्यता र ऐतिहासिक आधारलाई बंग्याउने प्रयास भएको छ ।

नेपाल र भारत दुईदेशका लागि सांस्कृतिक र धार्मिक दुबैरुपमा सम्बन्ध जोगाइराखेको राम–जानकीको प्रसंगलाई भारतको एउटा समाचार च्यानल ‘जी न्यूज’ले तोडमोड गरेको छ ।जानकी अर्थात सीताको जन्मस्थान हाल नेपालको जनकपुरमा पर्ने तथ्यलाई तोडमोड पार्ने प्रयास आत्मरतिमा रमाउनु बाहेक केही होइन ।

हरेक विवाह–पञ्चमीमा राम जन्मभूमि मानिएको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने संस्कृतिमाथिकै प्रहार गर्नु हरेक हिन्दूका लागि ठेस पु¥याउँने बाहेक केही होइन । नेपाल तपोभूमि हो, अर्थात योग/ध्यान र हिन्दू आस्थाका केन्द्रहरुको महत्वपूर्ण स्थल पनि हो ।

  • सीताको जन्मभूमिबारे भारतीय च्यानलको अफवाहः

भारतको समाचार च्यानल ‘जी न्यूज’मा सीताको जन्म विहार राज्यको सीतामणिमा भएको दाबी गरिएको छ । बिहार राज्यको स्थापना दिवसको अवसरमा जी न्यूजको डीएनए कार्यक्रममा सीता जन्मभूमिलाई लिएर गलत व्याख्या गरिएको छ । बुद्धको जन्मभएको स्थान पनि भारतमै रहेको दाबी गर्ने भारतीयहरुले बल्ल हिजो आज वोध गयामा ज्ञान प्राप्त गरेको बुझ्न थालेका छन् ।

तर, कहिले विवाद नभएको सीताको जन्मभूमिलाई लिएर भारतीयहरुले सांस्कृतिक र धार्मिक मान्यतामाथि नै हस्तक्षेप पुनः दोहो¥याएका छन् । भारतको विहार राज्यमा पर्ने सीतामणिमा सीताको जन्म भएको गलत व्याख्या गर्न थालिएको छ ।

उनीहरुको तर्क सीताको मन्दिर रहेको भन्ने मात्र छ । सीताको मन्दिर विश्वका धेरै मुलुकहरुमा छ । के अब ति सबैस्थानमा सीताको जन्म भएको दाबी गर्ने ? ! जुन आम भारतीय नागरिक र धर्म गुरुहरुकै मान्यताको खिलाप यो दाबीलाई लिन सकिन्छ ।

सीताको जन्म नेपालमा रहेको जनकपुरमा भएको भन्ने तथ्यलाई तोडमोड गर्ने प्रयास गरिंदैछ । आधारहिन तथ्य सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यामको यो चरित्र पुनः उदांगो भएको छ ।

  • सीताको जन्मस्थान नेपालको जनकपुरः

त्रेता युगमा सीता–राम यो भेगकै आदर्श मानिन्थे । अहिले पनि हिन्दू धर्मावलम्बीसँगै धेरैले सीता–रामलाई आदर्श मान्दछन् । सीताको जन्मस्थानको चर्चा अघि मिथिला राज्यको सन्दर्भ बुझ्न जरुरी हुन्छ ।

मिथिला जसलाई तिरहुत वा तिरभुक्तिको नामले समेत चिन्ने गरिन्छ । नेपालको दक्षिणपूर्वी तथा मध्य र भारतको विहारका केही भाग मिथिला क्षेत्र मानिन्छ । त्रेता युगमै मिथिला राज्यको राजधानी जनकपुर रहेको विभिन्न ग्रन्थहरुमा उल्लेख छ ।राजा जनक बस्ने जनकपुरमा नै सीताको जन्म भएको मानिन्छ । शिरध्वज नामका राजा जनक, सीता र मिथिला राज्यको जनकपुरको जिकिर पद्य पुराण, वायु पुराण, ब्रम्हाण्ड पुराण लगायतका ग्रन्थहरुमा गरिएको छ ।

भगवान रामको वर्णन गरिएको रामायणमा महर्षी बाल्मिकीले पनि सीताको जन्म जनकपुरमै भएको उल्लेख गरेका छन् । उनको मात्र होइन, वशिष्ठ, अगस्त्य, कालिदासले पनि सीताको जन्म जनकपुरमै भएको उल्लेख गरेका छन् ।

हिन्दू ग्रन्थहरुमा उल्लेख भएको यो, प्रसंगलाई गलत सावित गर्न सकिदैन । जनकपुरमा रहेको जानकारी मन्दिर निर्माण सन् १८९५ मा सुरु गरिएको थियो । त्यसको १६ वर्षमा पूरा भएको थियो । यो मन्दिर निर्माणमा टीकमगढ़की महारानी कुमारी वृषभानुको प्रसंग उल्लेख छ ।

वृषभानुका सन्तान थिएनन्, उनले जनकपुर पुगेर राम–सीताको पूजा गर्दै सन्तान प्राप्त भए मन्दिर बनाउँने भाकल गरेकी थिइन । सन्तान भएपछि त्यसबेलाको कूल नौ लाख रुपैयाँ खर्च गरेर मन्दिर बनाएकी थिइन, त्यसैले जानकी मन्दिरलाई नौलखा पनि भनिन्छ ।उनलाई सपनामा सीता माताको जन्मस्थानमा मन्दिर बनाउन सुझाएको किंवदन्ती रहेको छ ।

  • भारतीय प्रधानमन्त्री मोदीको आस्थाः

भारतमा अयोध्याको प्रसंग लामो समय विवादमा रह्यो । त्यहाँको सर्वोच्च अदालतले रामको जन्मस्थान अयोध्या भएको फैसला सुनाउँदै मन्दिर बनाउँन आदेश दियो । त्यही अयोध्याबाट हरेक विवाह पञ्चमीमा जनकपुरमा जन्ती आउँने प्रचलन छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शनका लागि आए । २०७५ साल बैशाख २८ गते उनी जनकपुरमा उत्रिएका थिए । उनले त्यसबेला पनि सीताको जन्मभूमि जनकपुर आइपुग्दा आफूलाई गर्व लागेको बताएका थिए । उनको यो भनाइले पनि सीताको जन्मभूमि जनकपुरप्रतिको आस्था बढाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh