कञ्चनपुर । कोरोना भाइरस ( कोभिड – 19 ) को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फेरि नेपालमा निषेधाज्ञाको सिलसिला सुरु भएको छ। यसपटक कञ्चनपुरबाट यो सिलसिला सुरु भएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिकएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ ।कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।
ज्वरो आएका यात्रुहरुको औलोको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिीजन परीक्षण गर्नु पर्नेछ। सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दूरी लगायतको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने प्रशासनले जनाएको छ। प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !