राजविराज । अदालतबाट कैद सजाय तोकिएपछि फरार भएका दोहोरो नागरिकता कसुर मुद्दाका एक फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका ८ बस्ने ३२ वर्षिय जिवछ ठाकुर छन् । घरमा लुकिबसेको गोप्य सूचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।
२०७२ साल जेठ १४ गते दोहोरो नागरिकता कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद र २० हजार जरिवाना तोकिएपछि ठाकुर फरार भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !