पोखरा । पोखराबाट लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३० लेखनाथ स्थित पावर हाउसमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित दुई युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं ७ का २० वर्षीय चूडामणि खतिवडा र भैरहवा बसपार्क बस्ने वर्ष १९ का गुलाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट डाईजापान १ सय एम्पुल, फेनेरागन–१ सय एम्पुल, नुर्फिन ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल र मोबाइल २ वटा मोबाइल बरामद भएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडी बढेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !