काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने भन्दै विदेशीले हुर्काएको एजेन्टको संज्ञा दिएका छन्। विदेशीको साथमा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न लागेको आरोप लगाउँदै गणतन्त्र समाप्त गर्ने र संविधान च्यात्ने धारकाे नेतृत्वमा ओली रहेको प्रचण्डलेको भनाइ छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ५६ औंअन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !