काठमाडाैँ। सरकारले चैत १ र ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्।
जसअनुसार कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !