झापा । भारतको कोलकत्ता कारागारमा रहेका यहाँस्थित माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा हुनुभएको छ । ४० वर्षदेखि कारागार जीवन बिताइरहनुभएका दुर्गाप्रसाद रिहा हुनुभएको हो ।
कलकत्ता उच्च अदालतले उहाँलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उहाँका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिनु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !