काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने बताउनुभएको छ । जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले कानून निर्माणमा चुनौती सामना गर्दै जनताको संसदप्रतिको विश्वासमा आघात नपर्ने गरि काम गरिने बताउनुभयो ।
उहाँले छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्ने भन्दै शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिने विश्वास व्यक्त गर्नुभयो ।उहाँले वि.सं. २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व. गिरिजाप्रसाद कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !