काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का सांसद कृष्णभक्त पोखरेल बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेका छन् । उनी यसअघि वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर थिए । खनाल-नेपाल पक्षले सो बैठक बहिस्कार गरेको छ ।
माधव नेपालहरुले पार्टी फुटाउन लागेकाले उनीहरुलाई छोडेर आफू बैठकमा आएको पोखरेलले बताए । “माधव नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो,” उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !