काठमाडौं । निवर्तमान महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले आफ्नो कार्यकालमा संहिताको कार्यान्वयन र फौजदारी कानूनमा सुधार भएको बताउनुभएको छ । शुक्रबार राजीनामा पछि सम्बोधन गर्दै खरेलले फाैजदारी संहिताको कार्यान्वयन गर्न अवसर प्राप्त भएको बताउनु भएको छ ।
‘धेरै वर्षदेखिको प्रयासबाट जारी भएको मुलुकी संहिताको कार्यान्वयन खासगरी फैजदारी संहिताको कार्यान्वयनका लागि महान्यायाधिवक्ताको रुपमा नेतृत्वदायी भूमिका गर्ने एउटा अवसर प्राप्त भयो । सरोकारवाला निकायहरुको समोन्वय र सहकार्यमा ती संहिताहरु कार्यान्वयनमा आएका हुन्,’ उहाँले सम्बोधनमा भन्नुभएको छ ।
वषौँ पूरानो कानूनी परिपापाटीलाई आधुनिकीकरण गर्दै जारी भएको कानूनहरुको कार्यान्वयनको क्रममा आइहेको समस्याहरु सुल्झाउन र कानूनी व्यवस्थाहरुमा सुधार गर्दै फैजदारी कानुनलाई तुल्याउन यो जिम्मेवारीले निकै सहयोग पुर्याएको उहाँले बताउनुभएको छ । उहाँले यो अवसरमा संहिता कार्यान्वयनमा अग्रसरता जनाउने सबैमा आभारसमेत प्रकट गर्नु भएको छ ।
त्यस्तैगरी उहाँले फैजदारी कसुर सम्बन्धी सम्बन्धित कानुनहरुको पुनरावलोकनका लागि पनि सहजीकरण गर्नका लागि पनि अवसर मिलेको बताउनुभएको छ । जसमा तेजाव आक्रमणसम्बन्धी कसुर र तेजाव नियमसम्बन्धी कानूनी व्यवस्था बन्न सकेको उहाँको भनाइ छ ।
त्यस्तै यौन जन्य हिंसा सम्बन्धी कसुरलाई थप व्यवस्थीत बनाउने प्रबन्धको पनि नेतृत्व गर्न पाएको बताउनु भएको छ । मुलुकी संहिताको कार्यान्वयनमा देखिएको कानूनी समस्यालाई संशोध मार्फत सम्बोधन गर्ने प्रयास भएको पनि उहाँले दाबी गर्नुभएको छ ।
संहितामा भएका कानूनी व्यवस्थाका बारेमा व्यवस्थाको बारेमा प्रचार प्रसार गर्ने कामसमेत भएको खरेलले बताउनुभएको छ । जसले गर्दा विशेषगरी छाउपडी प्रथा छुवाछुत बिरुद्धको कसुरसम्बन्धी कानूनलाई कार्यान्वयनमा ल्याउने बिशेष प्रयास गरेको खरेलले बताउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !