कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी ( सिडीओ ) रामकुमार महतोलाई ‘धोती सिडीयो’ भनेर लेखिएपछि चौतर्फी विरोध गरिएको छ।
राज हर्ष नामक युवकले फेसबुकमा सीडीओ महतोलाई ‘यो धोती सीडीओको राज चल्छ र हाम्रो महेन्द्रनगरमा….’ भनेर स्टाटस लेखेपछि चौतर्फी विरोध चुलिएको हो।
आफुलाई धोती सीडीओ भनेपछि महतोले सभ्य र शालीन शैलीमा प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो फेसबुकमा ती युवकको स्टाटसको स्क्रीनसट हालेर लेखेका छन्….
‘हाम्रो संस्कार !
म आफ्नो हृदय छोटो पारेको होइन। साम्प्रदायिक विषय पनि होइन। हामी सबै नेपाली दाजुभाई दिदी बहिनी हौँ। मिलेर बस्नु पर्छ। यस्तो टिप्पणीबाट एक नेपालीले अर्को नेपालीलाई हेर्ने दृष्टिकोण फरक पार्नु हुन्न। स्टाटस लेख्ने व्यक्ति सेवाग्राहीको रुपमा मकहाँ आउनु भयो भने पनि ससम्मान सेवा उपलब्ध गराउँछु नै। कृपया कसैले यसलाई अन्यथा नलिनुहोला। भोलिको दिनमा अझ निष्ठापूर्वक सेवा गर्ने प्रेरणा मिलेको छ।’
प्रदेश नम्बर २ को धनुषा जिल्लामा रहेको मिथिला नगरपालिका बस्ने सीडीओ रामकुमार महतोले २०७७ भदौदेखि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्। पियनदेखि सरकारी जागिरको यात्रा थालेका उनी छोटो समयमा उल्लेखनीय उपलब्धी हासिल गरेर सीडीओसम्मको यात्रा तय गरेका छन्।
तर, उनलाई मधेशी मूलकै भएको कारण धोती सीडीओ भनेर हेपिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !