चितवन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
डा. यादवले भन्नुभयो, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उहाँले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गर्नुभयो । उहाँले थप्नुभयो, “म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।”देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा.यादवले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !