विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् ।बिहीबार विराटनगरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने ‘अब हप्ता १० दिनमा अविश्वास प्रस्ताव आउँछ ।’
कोइरालाले अब माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसले सरकार बनाउनुपर्ने उनले बताए । ‘हामीले सरकारको नेतत्व गर्नुपर्छ, माओवादी, हामी र जसपा मिलेर जानुपर्ने हो । बहुमत आइहाल्छ’ उनले भने ।
जनता समाजवादी पार्टी र एमालेभित्रै विवाद रहेकाले कांग्रेस अविश्वास प्रस्ताव दर्ताका लागि पर्ख र हेरको अवस्थामा रहेको महामन्त्री कोइरालाको भनाइ छ ।
कोइरालाले ओली सरकारलाई भने कुनै हालतमा साथ दिन नसकिने प्रष्ट्याए । ‘ओली सरकारमा गएर उहाँहरुको दोष हामीले किन बोक्ने ?’ कोइरालाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !