बारा । बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टिल प्रालिले नयाँ ठूलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएसँगै स्थानीयहरु बिरोधमा उत्रिएका छन् ।
सवारी साधन पार्किङ्ग र गोदाम घरका लागि भनि बनाएको संरचनामा जगदम्बा स्टिल प्रालिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गरेर घरहरु चर्किएसंगै स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।
जगदम्बा स्टिलले पार्किङ्ग र गोदाम घरका लागि बनाएको संरचनामा रड काट्ने, बाङ्गोटिङ्गो रड सोझाउन ठूलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएको र रातभर बालबालिकाहरु त्रसित भई सुत्न समेत नसक्ने र झस्कने गरेको भन्दै स्थानीयवासी बिरोधमा उत्रिएका हुन् ।
विरोधमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा ८ जना घाइते भएका छन् भने स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

















