काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा गुटबन्दी सुरुवात अध्यक्ष अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुरुवात गरेको आरोप लगानुभएको छ ।
बुधबार नेपाल–खनालनिकट नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तीन वर्षमा पार्टीमा सैद्धान्तिक, वैचारीक शून्य बनाइ अराजकतावाद निम्ताएर अध्यक्ष ओलीले मदनभण्डारी फाउन्डेसन स्थापना गरेर गुटबन्दी र अराजकतावादको थालनी गरेको उहाँले आरोप लगाउनुभयो ।
‘मदनभण्डारी फाउन्डेसन स्थापना गरेर गुटबन्दी र अराजकतावादको थालनी गर्नुभयो । पार्टीमा सैद्धान्तिक, वैचारिक शून्य बनाएर अराजकतावाद निम्ताउनुभयो,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय त उहाँले पार्टीका बैठक पनि छुट्टै राख्न थाल्नुभयो । जुन विधिमा पार्टी हिडाउनुपर्ने थियो तर विपरीत ढंगले काम गर्न थाल्नुभयो । कमरेडहरु तीन वर्षको अवधिमा कमरेड ओलीले अवसरवादी, गुटबन्दी सुरुवात गर्नुभयो ।’
निर्वाचनपछि ओली नेतृत्वको सरकारमा सरकार गठन गरे पनि केवल मनपरीतन्त्रमात्र चलाइएको उहाँले आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरियो । तर, पार्टी, विधान, नीति र पद्धतिलाई त्यागेर मनपरीतन्त्र गर्न थाल्नुभयो । क्याबिनेटमा आफूनिकट मान्छे राखेर बुथ कब्जा गर्न खोज्नुभयो । पार्टीसँग कुनै छलफल भएन । तीन तीन वर्षसम्म कुनै छलफल भएन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !