Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिने छ ’ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूह चियापान कार्यक्रममा सहभागी नहुनु राम्रो लक्षण नभएको बताएका छन् ।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एकथरी अनुहारका साथीहरु चियापानमा देखिनु भएन । हिजो बेलुका बैठक बसेर निर्णय गर्नुभयो रे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा जानुहुन्छ । थाहा त सबैलाई छ । यो राम्रो लक्षण हैन ।’

नेपाल समूहले बुधाबार राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई लक्षित गर्दै ओलीले भने, ‘आज कुनै कारणवश आउन भ्याउनु भएन होला । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिने छ ।’

प्रधानमन्त्री ओलीले पार्टीमा अराजकता र एकताविरोधी क्रियाकलापहरुमा छुट नहुने बताए । ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरु (नेपाल समूह) भोलि राष्ट्रिय भेला गर्ने रे, राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने रे, के–के समानान्तर कमिटी बनाउने रे । तर, एउटै पार्टीमा बसेर अबउपरान्त अराजकता, अनुशासनहीनता जस्ता कुराहरु, विधि विधानविपरीतका कुराहरु, पार्टीको एकता विरोधी क्रियाकलापहरुमा छुट हुने छैन ।’ पार्टीमा अनुशासनहीन काम गर्नेलाई पार्टीको विधान र दलसम्बन्धी कानुन प्रयोग गरेर कारबाही गर्ने संकेत पनि ओलीले गरे ।

‘यस्ता कुराहरु मान्य हुन सक्दैन । अचाक्ली भो । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले भाँडभैलो मच्चाउने । सँधै यो चल्दैन ।…पार्टीमा अनुशासनहीन भयो भने पार्टीको विधान, कानुन, संविधान, संसद् नियमावली, दलसम्बन्धी कानुन छ, यी सबै कुराहरुतिर म ध्यानाकर्षण गर्न केन्द्रित गर्न चाहन्छु,’ ओलीले भने, ‘आफ्ना अहंम तुष्टि, अहंकारका लागि मनपरी गर्दै हिँड्न कसैलाई छुट हुँदैन । कानुनका नजरमा सबै बराबर हौँ ।’

लक्ष्मीप्रसाद देवकोटाको कविताको प्रसंग निकाल्दै ओलीले विधि, पद्धतिका कुरा गर्नेले नै कानुन, संविधानको मतलब नगरेको बताए । सर्वोच्चको फैसालाले पूर्ववत: पार्टी हुँदा पनि नेपाल पक्षले छुट्टै बैठक गरेर निहुँ खोजिरहेको ओलीको भनाइ छ । ‘विधि पद्धतिका कुरा गर्ने । देशको संविधान केहीको मतलब छैन । अहंकार, स्वेच्छाचारी हिसाबले… पार्टी ०७५ जेठ ३ अघि फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन्,’ उनले भने ।

बुधबार हुने नेपाल पक्षको भेलामा सहभागी नहुन पनि ओलीले नेता, कार्यकर्तालाई आग्रह गरे । ‘म सुन्दै छु भोलि भेला हुँदै छ रे । नेकपा एमालेसँग आवद्ध कोही नेता कार्यकर्ताले गुटगत भेला नगर्न नगराउन, त्यस्ता भेलामा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई सजग सचेत गराउन चाहन्छु,’ ओलीले भने, ‘यसपार्टीमा कसैमाथि अन्याय हुँदैन । ठूल्ठूला अपराध भएका छन् । हामीले फराकिलो हृदय लिएका छौं । एकदम अपराध गर्नेलाई पनि स्वागत छ त म भन्दिनँ तर स्वीकार गर्छौं । तर फेरि उही धन्दा उही सिलसिला चल्दैन ।’

नेपाल समूहले तमासा गरेर सञ्चार माध्यमहरुलाई बिजनेस दिएको ओलीको आरोप थियो । नदिन पनि ओली चेतावनी दिए । ‘तमासा गरेर सञ्चारमाध्यमलाई बिजनेस दिने, खेती दिने । के विषयमा आज कलम चलाउँ भनेका बेला फलानो गुटका भेला फलानो ठाँउमा आदि समाचारहरु…त्यो अब हुन सक्दैन,’ ओलीले भने ।

तत्कालीन नेकपाको प्रसंग जोड्दै ओलीले आफूलाई बाटोबाटै अध्यक्ष र दलको नेताबाट हटाएको बताए । ‘विधि पद्धति तपाईंहरुले खुब सुन्नु भएको छ । उहाँहरुले बाटोमै विधि पुऱ्याइदिनु हुन्छ । बाटोमै पद्धति पुऱ्याइदिनु हुन्छ । बाटैमा विधान, बाटैबाट अध्यक्ष, दलको नेता, उपनेता हटाइदिनुभयो । बाटैबाट आदेश फर्मान् । म त कति बिचरा भए हुँला,’ प्रधानमन्त्री ओलीले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh