कृष्णा यादव / वीरगंज । वीरगञ्ज उद्योग वाणिज्य संघले सुबोध गुप्तको नेतृत्वमा अगामी २ वर्षका लागि सर्बसहमतीवाट नयाँ कार्यसमिति चयन गरेको छ।
संघको ४५ औं वार्षिक साधारणसभाले आइतवार सुबोधकुमार गुप्तालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।अध्यक्ष गुप्ता पहिलो मधेशी समुदायवाट वीरगंज उधोग वाणिज्य संघको अध्यक्षमा निर्बाध सर्वसहमतीवाट चयन हुनुभएको छ।
गुप्ता यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । साधारणसभाले अनिलकुमार अग्रवाललाई संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । हरि गौतम द्वितीय अध्यक्ष बनेका छन् ।
महासचिवमा मनोजकुमार दास, उद्योगतर्फ सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फको सचिवमा आशिष लाठ चुनिएका छन् । कोषाध्यक्षमा गोविन्द शाह र सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित भएको निर्वाचन अधिकृत रामेश्वर सेढाईंले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !